Skip to content
LAXMI SUNRISE BANK

‘अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोज्दैनौँ’- भीष्मराज आङदेम्बे

अर्थ सरोकार

काठमाडौँ । नेपाली काँग्रेसका नेता भीष्मराज आङदेम्बेले अबदेखि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई नखोज्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै आङदेम्बेले यस्तो बताएका हुन् । 

उनले प्रधानमन्त्री भन्दा मुलुकको समस्या ठूलो भएकोले अब प्रधानमन्त्रीलाई खोजेर संसदलाई अवरोध गरेर बस्ने पक्षमा आफू नरहेको बताएका छन् ।

प्रधानमन्त्री शाहलाई संसद नचाहिए पनि देशलाई चाहिएको उल्लेख गर्दै नेता आङदेम्बेले संसदको अमूल्य समय प्रधानमन्त्रीलाई खोजेर खेर फाल्ने पक्षमा आफू नरहेको बताए । उनले प्रधानमन्त्री शाह फेरि छापामार शैलीमा संसदमा आउने हो कि भन्ने डर पनि आफूलाई लागेको बताएका छन् ।

त्यस्तै, उनले प्रधानमन्त्री शाहले फेरि संदसमा आएर उदण्डता मच्चाउने हो कि भन्ने संशय आफूमा रहेको पनि बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK