काठमाडौँ । अमेरिका पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ परेकी छिन् । रोजगारीको लोभ देखाएर अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा निर्मला कुमारी श्रेष्ठ पक्राउ परेकी हुन् ।
रोल्पा घर भएर हाल काठमाडौँको चन्द्रागिरी नगरपालिका-४ बस्दै आएकी श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
अमेरिका पठाउने भन्दै एकजना पीडितबाट ३८ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा श्रेष्ठलाई काठमाडौँ महानगरपालिका-१२ टेकुबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ परेकी श्रेष्ठलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्