Skip to content
LAXMI SUNRISE BANK

‘भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले झुट बोल्नुभयो’- सांसद शाही

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भन्सारमा करछली प्रकरण तत्काल छानविन गर्न सरकारलाई दबाब दिएका छन् । प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले ईभी गाडीहरुमा कर छली गर्ने काम अर्थमन्त्री स्वयमले गरेको जिकीर गर्दै तत्काल संसदीय छानविन समिति बनाएर त्यसको छानविन प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका हुन् ।

शाहीले उक्त प्रकरणमा अर्थमन्त्री वाग्ले संसदीय समितिमा समेत झुट बोलेको आरोप समेत लगाएका छन् । उनले गाडी नभित्र्याउँदै त्यसको जाँचपास कसरी भयो ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । 

गत वर्ष पनि केही गाडीहरुमा भन्सार छुट दिएको कुरा छानविन गरी राजस्व असुली गर्न महालेखा परीक्षकको प्रतिवेदनले सरकारलाई निर्देशन दिएको भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै शाहीले असन्तुष्टि व्यक्त गरेका छन् । 

त्यस्तै, सांसद शाहीले सरकारले सुशासनको कुरा गरे पनि वास्तविक रुपमा त्यसको पक्षमा काम नगरेको आरोप लगाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK