Skip to content
LAXMI SUNRISE BANK

बिहीबार ८.१४ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक ८.१४ अंकले घटेर २७२८.०३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५० कम्पनीको ९२ लाख ३१ हजार २१६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ९० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सिटि होटल लिमिटेडको भएको छ । यस कम्पनीको २३ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सोपान फर्मास्युटिकल्स का लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK