Skip to content
LAXMI SUNRISE BANK

दिव्या कलेजले गर्यो राष्ट्रिय फुटबल टिमका खेलाडीलाई सम्मान

अर्थ सरोकार

काठमाडौँ । दिव्या कलेजले नेपाली राष्ट्रिय फुटबल टिमबाट खेलिसकेको खेलाडीलाई सम्मान गरेको छ । ‘विश्वकप फुटबल २०२६’ को रौनक सुरु भएसँगै कलेजले आदित्य चौधरी, रुपेश केसी, कमल श्रेष्ठ र ‘अन्डर युथ २३’ का खेलाडी आर्जन गुरुङलाई सम्मान गरेको हो । 

राष्ट्रिय खेलाडीहरुको सहभागितामा कलेजका पदाधिकारी तथा विद्यार्थीबीच सांगितिक तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरिएको छ । 

सोहीबीच कलेजका विद्यार्थी र राष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण खेल पनि खेलिएको थियो । मैत्रीपूर्ण खेलमा दिव्य कलेजको टिमलाई राष्ट्रिय खेलाडीहरुले ४-२ गोलको अन्तरले हराएका थिए । 

कार्यक्रमको संयोजन कलेजका आइ.टि.हेड मुकेश पान्डेले गरेका थिए भने कार्यक्रम संचालन साइन्स डाइरेक्टर छवि ढुंगानाले गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK