Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार ४ अंकले घट्यो नेप्से परिसूचक, बजार २७२४.०३ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । शुक्रबार नेप्से परिसूचक ४ अंकले घटेर २७२४.०३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४२ कम्पनीको ९८ लाख ५६ हजार ५२५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ३४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सेन्ट्रल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको २५ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सोपान फर्मासयुटिकल्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, कलिन्चोव्क हाइड्रोपवका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १० प्रतोशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK