Skip to content
LAXMI SUNRISE BANK

आँखुखोला हाइड्रोमा ५ नयाँ सञ्चालक निर्वाचित, दुई जना सिए

अर्थ सरोकार

काठमाडौँ । आँखुखोला जलविद्युत कम्पनीको सञ्चालक समितिमा ५ जना नयाँ सदस्य निर्वाचित भएका छन् । कम्पनीको १७औँ१८औँ वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ५ जनालाई निर्वाचित गरेको हो । 

निर्वाचित हुनेमा लेखनाथ पोखरेल, सुवास पौडेल, सविन्द्र उपाध्याय, जोली अमात्य र रामप्रसाद सापकोटा छन् । लेखनाथ र सुवास चार्टर्ड एकाउन्टेन्ट हुन् ।

सञ्चालक समितिमा ५ जना नयाँ सदस्य थपिएसँगै आँखुखोला हाइड्रोपावर कम्पनीको सञ्चालक समिति ७ सदस्यीय बनेको छ । समितिमा हाल संस्थापक समूहबाट इन्द्रकृष्ण श्रेष्ठ र गंगासागर प्रजापती सदस्य छन् ।

सञ्चालक समितिमा नयाँ सदस्य निर्वाचितसँगै साधारण सभाले आर्थिक वर्ष २०८०/८१८१/८२ को वार्षिक र लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सो सम्बन्धित अनुसूचीहरु स्वीकृत गरेको छ ।

त्यस्तै, सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव समेत अनुमोदन गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK