Skip to content
LAXMI SUNRISE BANK

भीरबाट टेम्पो गुल्टाउने १० जना पक्राउ, कडा कारवाही हुने !

अर्थ सरोकार

काठमाडौँ । कैलालीमा भीरबाट टेम्पो पल्टाउनेहरु पक्राउ परेका छन् । बन अतिक्रमण हटाउने नाममा कैलालीको गोदावरी नगरपालिका-४ गाईबाँधेमा भीरबाट टेम्पो पल्टाउनेहरु पक्राउ परेका हुन् । 

टेम्पो पल्टाउने कार्यमा संलग्न १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एक प्रहरी अधिकारीले पुष्टि गरेका छन् । 

ती अधिकारीका अनुसार उनीहरुलाई पक्राउ गर्न आइतबार बिहानैदेखि प्रहरी परिचालन गरिएको थियो । अतिक्रमण हटाउने क्रममा डिभिजन बन कार्यालयका कर्मचारीसहितले भीरबाट टेम्पो गुल्टाएका थिए ।

भीरबाट टेम्पो गुल्टाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सो कार्य गलत भएको भन्दै सरकारी अधिकारीहरुले नै प्रश्न उठाएका थिए । हाल प्रहरीले उक्त कार्यमा संलग्न १० जनालाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान गर्ने र कानून अनुसार हुने प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK