काठमाडौँ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले चालक तथा सहचालकलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरिदिने भएको छ । गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र पेशागत रुपमा सवारी सञ्चालन गर्दै आएका चालक तथा सहचालकलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराउने भएको हो ।
त्यसका लागि गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा सार्वजनिक तथा निजी सवारी साधनका चालक तथा सहचालकलाई लक्षित गर्दै दुर्घटना बीमा कार्यक्रम समावेश गरेको छ ।
नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त कार्यक्रम अन्तर्गत गाउँपालिकाले जिप, टेम्पो, ट्याक्टर, बस तथा टिपरमा कार्यरत चालक र सहचालकका लागि १० लाखसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराइनेछ ।
त्यसका लागि गाउँपालिका भित्र सवारी सञ्चालन गर्दै आएका चालक तथा सहचालकलाई ७ दिनभित्र आवश्यक कागजातसहित निवेदन दिन आग्रह गरिएको छ । उक्त कार्यक्रमले दुर्घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक भार कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्