Skip to content
LAXMI SUNRISE BANK

एभरेष्ट कलरको आईपीओ बाँडफाँड, तपाईंलाई पर्यो ?

अर्थ सरोकार

काठमाडौँ । एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिहीबार कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्कासन गरेको थियो । 

कम्पनीको आईपीओमा कुल २६ लाख ८७ हजार ४ सय २१ जनाले २ करोड ८८ लाख ३३ हजार ७ सय २० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये २६ लाख ४१ हजार ९ सय ५९ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ । जसअनुसार ६५ हजार ५७० जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK