Skip to content
LAXMI SUNRISE BANK

टुच्च बढ्यो नेप्से, ४ अर्ब ५३ करोडमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । शुक्रबार नेप्से परिसूचक १.६३ अंकले बढेर २७०२.११ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५३ कम्पनीको १ करोड ९ लाख २२ हजार ५२५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ५३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर २०८६/८७को भएको छ । यस कम्पनीको ३३ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा अपोलो हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, बुंगल हाइड्रोका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १२ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK