Skip to content
LAXMI SUNRISE BANK

रास्वपाको महाधिवेशनमा सुरक्षा कडाइ: गेटमा बाउन्सर र प्रहरीको चेक, भित्र ‘मेटल डिटेक्टर’ ! (तस्विरहरु)

नेपाल फोटो लाइब्रेरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको दोस्रो दिन बन्द सत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । सोमबार बिहानैदेखि महाधिवेशन स्थलमा सुरक्षा व्यवस्था कडाइ गरिएको हो । 

महाधिवेशन स्थलमा गैर आधिकारिक व्यक्तिहरुलाई पूर्ण रुपमा प्रवेश निषेध गरिएको छ । 

प्रवेश गेटमा नेपाल प्रहरीसहित बाउन्सरद्वारा कडा चेकजाँच गरिएको छ भने भित्र ‘मेटल डिटेक्टर’ समेत प्रयोग गरिएको छ । महाधिवेशन शान्त र सौहार्द्रपूर्ण ढंगबाट सम्पन्न गर्न र कुनै अप्रिय घटना नहोस् भन्नका सुरक्षा व्यवस्था कडा पारिएको रास्वपाका एक नेताले बताएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK