काठमाडौँ । काठमाडौँ तीनकुने स्थित दिव्य कलेजले चिनको साङ्घाईमा यहि जुलाई १० देखी जुलाई २१ सम्म सम्पन्न हुन गइरहेको ६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा सहभागी हुने उत्कृष्ट छ जना नेपाली विद्यार्थीलाई बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । हिजो मात्र गणित ओलम्पियाडमा सहभागी हुन नेपाली टोली चिन प्रस्थान गरेको छ ।
उक्त प्रतिस्पर्धामा नेपालको तर्फबाट ६ जना विद्यार्थीहरूले सहभागी जनाउने छन् । कार्यक्रम संयोजक म्याथम्याटिकल एसोसिएसन अफ नेपालका (म्यान) महासचिव छवि ढुङ्गानाका अनुसार बर्दियाका मिसन जोशी, मोरङका युगान्तर कालाखेती, सङ्खुवासभाका प्रसिद्ध थापा, ललितपुरका आयाम आचार्य, पोखराका अरिज पोख्रेल र धादिङका निसान खत्री रहेका छन् ।
२०१७ को ब्राजिल ओलम्पियाडबाट निरन्तर प्रतिस्पर्धा गरिरहेको नेपालको यो १०औं सहभागिता हो । कार्यक्रममा नेपाल सहित करिव १२० देशका युवा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल सरकार, विज्ञान, प्रविधि तथा नवप्रवर्धन मन्त्रालय, ओलम्पियाड कार्यक्रम सञ्चालन कार्यविधि-२०८२ अन्तर्गत म्याथम्याटिकल एसोसिएसन अफ नेपालद्वारा सञ्चालित करिब २५०० बढी प्रतिस्पर्धी विद्यार्थीहरूबाट जिल्ला, प्रदेश हुँदै केन्द्रीय चरणका छनौट परीक्षा साथै ६ महिना बढिको तालीम मार्फत अधिराज्य भरबाट ६ जना प्रतिस्पर्धी विद्यार्थीहरू छनौट भएको संस्थाका अध्यक्ष एवं कन्ट्री लिडर हरि प्रपन्न कँडेलले बताएका छन् ।
विद्यार्थीहरूलाई निरन्तर रुपमा राष्ट्रिय, अन्तराष्ट्रिय स्तरको तालिमहरू प्रदान गर्ने साथै यस्ता प्रतिस्पर्धीहरूमा सरकारी निकायहरूबाट सहयोग वृद्धि भएमा स्तरोन्नति गर्न सकिने कँडेलले बताएका छन् ।
साङ्घाईमा हुने अन्तिम प्रतिस्पर्धा अघि टोली करिब ७० बढी देश सहभागी हुने यस प्रतियोगिताको तयारीका लागि २१ दीनको बन्द प्रशिक्षणमा सहभागी हुन टोली हिजै वेईझिंग प्रस्थान गरेको हो । उत्कृष्ट नतिजाका लागि टिम तयार रहेको राष्ट्रिय प्रशिक्षक ई. प्रजित अधिकारीले जानकारी दिएका छन् ।
कार्यक्रमको सह नेतृत्व कोषाध्यक्ष नारायण पौडेलले गरेका छन् भने टिम यही जुलाई २३ मा स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्