Skip to content
LAXMI SUNRISE BANK

काँग्रेसबाट निर्वाचित अध्यक्ष नै रास्वपा प्रवेश गरेपछि गुठिचौर गाउँपालिका अध्यक्षको पद रिक्त !

अर्थ सरोकार

काठमाडौँ । वडाअध्यक्ष नै पार्टी परित्याग गरेर अर्कैै पार्टी प्रवेश गरेपछि जुम्लाको गुठिचौर गाउँपालिका अध्यक्षको पद रिक्त भएको छ । नेपाली काँग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेपछि गाउँपालिका अध्यक्षको पद रिक्त भएको हो । 

निर्वाचन आयोगले गाउँपालिका अध्यक्षको पद रिक्त रहेको जानकारी गराएको छ । 

दल त्याग गरेपछि ‘राजनीतिक दल सम्बन्धी ऐन २०७३’ को दफा ३२ को उपदफा १ र ‘राजनीतिक दल सम्बन्धी नियमावली २०७४’ को नियम २२ बमोजिम पद रिक्त भएको सूचनामा उल्लेख छ । 

बुढा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित जनप्रतिनिधिले निर्वाचित भएको दल त्याग गरेको अवस्थामा बहाल रहेको पद स्वतः रिक्त हुने कानूनी व्यवस्था छ । 

बुढासँगै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हिनन्दन गाउँपालिका र रुपन्देहीको बुटवल उपमहानगरपालिकामा वडा नम्बर ३ को अध्यक्ष पद पनि रिक्त भएको आयोगले जनाएको छ । यस्तो छ आयोगको सूचना:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK