काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकका ऋणीहरू असार ९ गते पनि धर्नामा बसेका छन्। भदौ २४ गते बैंकबाट लुटिएको भनिएको सुन फिर्ताको माग गर्दै उनीहरू राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय रामशाहपथमा धर्नामा बसेका हुन्।
भदौ २४ गते बैंकबाट लुटिएको भनिएको सुन फिर्ताको माग गर्दै आन्दोलनमा होमिएका ऋणीहरूलाई बैंकले छलफल गर्नका लागि बोलाएको छ । बैंकले छलफलका लागि बोलाएपछि ऋणीहरू बैंकसँग समन्वयको पर्खाईमा छन्।
बैंकका पीडित ऋणीहरूले छलफलबाट आफ्नो माग पुरा हुने आशा व्यक्त गरेका छन्। एक जना पीडित ऋणीले अर्थसरोकारसँग कुराकानी गर्दै भने, ‘हामीले मागेको सुनको साटो सुन हो, बैंकले छलफलका लागि हामीलाई बोलाएको छ, हामी बैंकसँग मिल्न तयार छौँ, हाम्रो माग अब बैंकले पुरा गर्छ भन्ने आश छ। ‘
त्यस्तै, अर्का एक जना महिला ऋणीले भने बैंकले आफ्नो माग पुरा नगरे पुन: आन्दोलन गर्ने बताएकी छिन।
असार ८ गते राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय रामशाहपथमा आन्दोलन गर्न पुगेका ऋणीहरुले बैंक घेराउसमेत गरेका थिए । सोही क्रममा बैंकको गेटमै परिचालन गरिएका प्रहरी र आन्दोलनरत ऋणीहरुबीच धकेलाधकेल समेत भएको थियो ।
ऋणीहरुले आफूहरुले बैंकमा धितोमा राखेको सुनको साटो सुन नै पाउनुपर्ने अडान लिएका थिए । बैंकले लुटिएकै मिति (भदौ २४ गते) को मूल्य अनुसार पैसा दिने भनेपछि ऋणीहरु झन् आक्रोशित बनेका थिए।
तर, बैंकले ऋणीहरूलाई असार ९ गते औपचारिक छलफल गर्न बोलाएपछि उनीहरू शान्त भएका छन्। तस्विरहरू:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्