Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय वाणिज्य बैंकमा सुन हराएको प्रकरणः सञ्चालक समितिको अर्को बैठकको निर्णय नआउन्जेल आन्दोलन स्थगित गर्न ऋणीहरुलाई बैंकको आग्रह !

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ऋणीहरुलाई आन्दोलन स्थगित गर्न आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकमा सुन धितोमा राखेर ऋण लिएका ऋणीहरुलाई आन्दोलन स्थगित गर्न आग्रह गरेको हो । 

धितोमा राखिएको सुन लुटपाट भएपछि आफूहरुको सुन फिर्ता गर्नुपर्ने माग राख्दै ऋणीहरुले बैंकको केन्द्रीय कार्यालय, रामशाहपथमा धर्ना दिँदै आएका छन् । 

त्यहीबीच बैंकले सूचना जारी गर्दै ऋणीहरुको मागप्रति बैंक व्यवस्थापन संवेदशील भएको र बैंकमा सञ्चालक समितिको पूर्णता पश्चात बैंकबाट हुने निर्णय उपलब्ध गराउने भन्दै २०८३ असार मसान्तसम्म आन्दोलन स्थगित गरेर सहयोग गर्न आग्रह गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्र रमण खनालको हस्ताक्षर रहेको उक्त सूचनामा भदौ २४ गते बैंकको बानेश्वर शाखाबाट सुन कर्जा लिँदा कर्जाको सुरक्षणबापत ऋणीले राखेका सुन तथा सुनका गहनाहरु लुटपाट भएको उल्लेख गरिएको छ । 

त्यसपछि बैंकको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले लुटपाट भएको मितिको बजार मूल्यमा क्षतिपूर्ति दिने निर्णय गरेको थियो । तर, बैंकको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै ऋणीहरुले आन्दोलित बनेका छन् । यस्तो छ बैंकले जारी गरेको सूचनाः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK