Skip to content
LAXMI SUNRISE BANK

नेपाल सेरामिकद्वारा नेपालमै पहिलो पटक ‘वाल टायल्स’ उत्पादन सुरु, स्वदेश हुँदै विदेशमा समेत निर्यात गर्ने लक्ष्य !

अर्थ सरोकार

काठमाडौँ । नेपालको पहिलो टायल्स उत्पादक कम्पनी नेपाल सेरामिक इन्डस्ट्रिद्वारा सञ्चालित नेपोभिट सेरामिक कम्पनीले भित्ते (वाल) टायल्सको उत्पादन सुरु गरेको छ । कम्पनीले नेपालमै पहिलो पटक वाल टायल्सको उत्पादन सुरु गरेको हो । 

बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र (स्पेशल इकोनोमिक जोन- सेज) मा निर्माण गरिएको कारखानाबाट वाल टायल्सको उत्पादन सुरु गरिएको नेपाल सेरामिक प्रालिका अध्यक्ष शम्भुनाथ झाले जानकारी दिएका छन् । नेपोभिट सेरामिक नेपाल सेरामिक इन्डस्ट्रिको लगानीमा स्थापना गरिएको कम्पनीको हो । 

नेपोभिट सेरामिकद्वारा वाल टायल्सको उत्पादन सुरु भएसँगै पहिलो चरणमा नेपाली उपभोक्ताको आवश्यकता पूरा हुने र दोस्रो चरणमा विदेशमा समेत टायल्स निर्यात गरी स्वदेशी उत्पादनलाई विदेशी बजारसम्म पुर्याउने लक्ष्य कम्पनीले लिएको छ ।

वाल टायल्स उत्पादनमा स्वदेशी कच्चा पदार्थ प्रयोग गरिने कम्पनीले जनाएको छ । नेपालमै वाल टायल्सको उत्पादन सुरु भएसँगै टायल्सको क्षेत्रमा विदेशी परनिर्भरता कम भई विदेशी मुद्रा सञ्चितिमा योगदान पुग्ने विश्वास गरिएको छ । त्यस्तै, विदेशी बजारमा नेपाली उत्पादन पुग्दा नेपालले विदेशी मुद्रासमेत आर्जन गरी रोजगारी सिर्जना गरी मुलुकको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने समेत विश्वास कम्पनीले गरेको छ । 

नेपोभिट सेरामिकको माउ कम्पनी नेपाल सेरामिक इन्डस्ट्रिले विगत सात वर्षदेखि नेपालमा फ्लोर टायल उत्पादन गर्दै आएको छ । नेपाल सेरामिकले उत्पादन गरेका फ्लोर टायल्स नेपाली बजारसँगै विदेशी बजारमा समेत निर्यात हुँदै आएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK