काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ । फिफा काउन्सिलको ब्युरोले एन्फामाथि फिफा विधानको गम्भीर उल्लंघन भएको ठहर गर्दै निलम्बनको निर्णय गरेको हो ।
फिफाले जारी गरेको विज्ञप्ति अनुसार एन्फामा तेस्रो पक्षको हस्तक्षेप भएको पाइएको र यसले फिफा विधानको धारा १४ को उपधारा १ तथा उपधारा ३ को उल्लंघन गरेको निष्कर्ष निकालिएको छ ।
फिफाले एन्फाको गतिविधिमा बाह्य हस्तक्षेप भएको भन्दै उक्त हस्तक्षेपलाई फुटबल संघको स्वतन्त्रता र स्वायत्तताविरुद्धको कदमका रूपमा व्याख्या गरेको छ । फिफा विधानअनुसार सदस्य संघहरूले आफ्ना कामकारबाही स्वतन्त्र रूपमा सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ ।
निलम्बनसँगै एन्फा र यसअन्तर्गतका राष्ट्रिय टोली तथा क्लबहरू फिफा र एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तराष्ट्रिय गतिविधिमा सहभागी हुन नपाउने सम्भावना रहेको छ । साथै, फिफाबाट प्राप्त हुने प्राविधिक तथा आर्थिक सहयोगसमेत प्रभावित हुन सक्ने देखिएको छ ।
फिफाले निलम्बन हटाउनका लागि आवश्यक सुधार तथा मापदण्ड पूरा गर्नुपर्ने जनाएको छ । एन्फाले फिफाको मागअनुसार संघको स्वतन्त्रता सुनिश्चित गर्दै तेस्रो पक्षको हस्तक्षेप अन्त्य गरेपछि मात्र निलम्बन पुनरावलोकन हुन सक्ने बताइएको छ । फिफाको यो निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागिता र विकास कार्यक्रमहरूमा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्