काठमाडौँ । तरलता व्यवस्थापनमा मात्र राष्ट्र बैंकको ३० अर्ब रुपैयाँ खर्च भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएपछि त्यसको व्यवस्थापनमा मात्र राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ खर्च गरेको हो ।
यो रकम राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याजबापत दिएको खर्च हो ।
बैंकमा तरलता थुप्रिएपछि राष्ट्र बैंकले व्यवस्थापनका लागि बैंकहरुबाट तरलता तान्ने गर्छ । त्यसबापत राष्ट्र बैंकले निक्षेप राख्ने बैंक तथा वित्तीय संस्थालाई ब्याज तिर्नुपर्छ । चालु आर्थिक वर्षको हालसम्म राष्ट्र बैंकले त्यस्तो ब्याजबापत ३० अर्ब रुपैयाँ खर्च गरेको छ ।
हाल लगानी कमजोर बनेपछि बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिरहेको छ । यसरी तरलता व्यवस्थापनमै अर्बौं खर्च हुन थालेपछि त्यसको वैकल्पिक उपाय खोजिरहेको राष्ट्र बैंकका अधिकारीहरुको भनाई छ ।
राष्ट्र बैंकका अधिकारीहरुका अनुसार यस वर्ष राष्ट्र बैंकमा दैनिक ११ खर्बको तरलता थुप्रिने गरेको छ । यसका आधारमा पनि राष्ट्र बैंकले ब्याजबापत भुक्तानी गर्नुपर्ने रकम २८ देखि ३० अर्ब रुपैयाँ पुग्ने गर्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्