Skip to content
LAXMI SUNRISE BANK

धनगढीमा यातायात कार्यालयको छड्के, १३ सवारी साधनलाई कारवाही, ४३ हजार राजस्व संकलन

अर्थ सरोकार

काठमाडौँ । धनगढीमा यातायात व्यवस्था कार्यालयले छड्के चेकिङ गरेको छ । कार्यालयले ट्राफिक प्रहरीसमेतको सहभागितामा छड्के चेकिङ गरेको हो । 

‘सुदूरपश्चिम प्रदेश यातायात व्यवस्था नियमावली २०८०’ को नियम ७५ को (१) मा मन्त्रालयले तोकेको कार्यक्षेत्रभित्र अधिकृत पवन कुमार रावलको संयोजकत्वमा छड्के चेकिङ गरिएको थियो ।

यातायात व्यवस्था कार्यालयका कर्मचारी र ट्राफिक प्रहरीको टोलीले १ सय ५० सवारी जाँच गर्दा नियम उल्लंघन गरेर चलाइएका १३ सवारी साधनलाई कारवाही गरिएको अधिकृत रावलले जानकारी दिएका छन् । 

उनका अनुसार अन्य ६ सवारी साधनलाई भने कागजात नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाइएको छ ।  छड्के चेकिङमा गरिएको कारवाहीबाट ४३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको रावलले जानकारी दिएका छन् । 

नियम उल्लंघन गरेर चलाइएका सवारी साधनलाई न्यूनतम १ हजार ५ सय रुपैयाँदेखि ७ हजार रुपैयाँसम्म जरिवाना तिराइएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK