Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाउने भन्दै लाखौँ ठगी, ४ जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । विदेश पठाउने भन्दै रकम ठगी गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय सन्देश चौधरी, ५३ वर्षीय भगवत प्रसाद थारु, ४० वर्षीय सरस्वती बारघरे र ३७ वर्षीय विकास दाहाल रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार चौधरीले मकाउ पठाउने भन्दै ५ लाख र थारुले पोल्याण्ड पठाउने भन्दै २३ लाख रुपैयाँ ठगी गरेका थिए ।

त्यस्तै,  बारघरेले क्यानडा पठाउने भन्दै १६ लाख र दाहालले पनि क्यानडा पठाउने भन्दै ३ लाख ९२ हजार ठगी गरेर सम्पर्क विहीन भएका थिए ।

हाल उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK