Skip to content
LAXMI SUNRISE BANK

नेपाली युवा उद्यमी मञ्च सुर्खेतको पाँचौँ साधारणसभा सम्पन्न, राजेश बराल निर्विरोध चयन

अर्थ सरोकार

काठमाडौँ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) सुर्खेतको पाँचौं साधारण सभा सम्पन्न भएको छ । सभा वीरेन्द्रनगरमा आर्थीक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेश सरकारका माननीय मन्त्री राजीव विक्रम शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त साधारण सभाबाट अध्यक्ष राजेश बराल निर्विरोध चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिले कर्णाली प्रदेश सरकारले कर्णालीमा युवा उद्यमशीलताको विकासमा एनवाईईएफसँग सहकार्य गरी काम गर्ने बताएका थिए । उनले कार्यक्रमको सफलताको शुभकामना दिँदै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK