Skip to content
LAXMI SUNRISE BANK

८ लाख र काठमाडौँमै जग्गा माग्ने ‘सुकुम्बासी’ पक्राउ ! 

अर्थ सरोकार

काठमाडौँ । प्रहरीले कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जनालाई पक्राउ गरेको छ । आफूलाई सुकुम्बासी दाबी गर्ने ३९ वर्षीय डम्बरबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । 

उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

सरकारले विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीहरुलाई होल्डिङ सेन्टर छोड्न निर्देशन दिएपछि तामाङले सोको विरोध गर्दै आफूलाई ८ लाख रुपैयाँ र काठमाडौँमा जग्गा दिनुपर्ने बताएका थिए । 

त्यति मात्र होइन, उनले आफूलाई ८ लाख जग्गा नदिए खुकुरी लिएर सिंहदरबार छिर्ने र हत्यासम्म गर्ने अभिव्यक्ति दिएका थिए । उनले सो अभिव्यक्ति दिएको भिडियो भाइरल भएको थियो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK