काठमाडौँ । उद्योग तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालनमा ल्याइएको छ । सर्वसाधारणले समेत सहजै मन्त्रालयले गर्ने कामबारे जानकारी प्राप्त गर्न सकून् भन्ने उद्देश्यले उक्त ड्यासबोर्ड सञ्चालनमा ल्याइएको हो ।
उक्त ड्यासबोर्डबाट अब दैनिक रूपमा हुने कम्पनी दर्ता, उद्योग दर्ता तथा फर्म दर्तासम्बन्धी विवरण रियल टाइममै अद्यावधिक हुने भएको छ ।
नेपालमा हालसम्म कति उद्योग तथा कम्पनीहरू दर्ता भए र सञ्चालनमा छन् भन्ने जानकारी सर्वसाधारणले प्राप्त गर्न यसअघि निकै कठिन हुने गर्दथ्यो । अहिले ड्यासबोर्ड सञ्चालनपछि सहजै उक्त जानकारी प्राप्त गर्न सकिने भएको छ । यसबाट आगामी आर्थिक वर्षमा प्रदेशस्तरमा हुने दर्तासम्बन्धी विवरणसमेत समावेश गर्ने मन्त्रालयको योजना रहेको छ ।
ड्यासबोर्डमा हाल उद्योग विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयका सूचना प्रविधि प्रणालीहरू हेर्न सकिनेछ । उक्त ड्यासबोर्ड मन्त्रालयको कार्यालयमा रहेको छ । साथै, अन्य सूचना प्रविधि प्रणाली नभएका निकायहरूको विवरण पनि डाइनामिक फर्मको माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
उक्त प्रणालीलाई एपीआई (API) मार्फत एकीकृत गरी रियल टाइम डाटा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्