Skip to content
LAXMI SUNRISE BANK

चिट काटेरै ट्राफिक प्रहरीले उठायो एक हप्तामा १ करोड १७ लाख जरिवाना !

अर्थ सरोकार

काठमाडौँ । एक हप्तामै ट्राफिक कारवाहीबाट १ करोड बढी राजस्व संकलन भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले असार ८ गतेदेखि असार १४ गतेसम्ममा १ करोड १७ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । 

यस अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने कुल १६ हजार ३ सय ३३ सवारीचालक कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । 

ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेका, नियमविपरीत राइड सेयरिङ गरेका, संकेत बत्ती उल्लंघन गरेका तथा तीव्र गतिमा सवारीसाधन चलाउनेहरुलाई कारवाही गरिएको छ ।

त्यसबाहेक लेन अनुशासन पालना नगर्ने, निषेधित क्षेत्रमा हर्न बजाउने, एकतर्फी सडकमा सवारीसाधन चलाउने, कालो सिसायुक्त सवारीसाधन चलाउने, पार्किङ निषेधित क्षेत्रमा पार्किङ गर्नेहरुलाई पनि कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK