काठमाडौँ । ठमेलस्थित छायाँ कम्प्लेक्समाथि वर्षौंदेखि ‘सम्पदा मिचियो’, ‘गुठीको जग्गा कब्जा गरियो’ र ‘ऐतिहासिक पोखरी मासियो’ भन्ने आरोप दोहोरिँदै आएको छ । तर निर्माण पक्षले भने तीमध्ये धेरै दाबी तथ्यभन्दा भावनात्मक भाष्यमा आधारित रहेको जिकिर गरेको छ ।
निर्माण पक्षका अनुसार भगवान बहाल गुठीसँग सम्बन्धित इतिहासलाई अस्वीकार गरिएको होइन । कुनै समय उक्त क्षेत्रमा पोखरी रहेको र गुठीको जग्गा भएको ऐतिहासिक तथ्य स्वीकार गरिए पनि त्यसपछि राणाकालदेखि अदालत, गुठी संस्थान र मालपोत कार्यालय हुँदै लामो कानुनी प्रक्रियाबाट जग्गाको स्वामित्व टुंगो लागेको उनीहरूको दाबी छ ।
उनीहरूका अनुसार २०६४ सालमा हालका लगानीकर्ताले लालपुर्जासहित कानुनी रूपमा जग्गा खरिद गरेका थिए। त्यसपछि आवश्यक सरकारी स्वीकृति लिएर मात्रै परियोजना निर्माण गरिएको थियो । निर्माण पक्षको अर्को दाबी भने स्थानीय समुदायसँग सम्बन्धित छ ।
उनीहरूका अनुसार सामाजिक सञ्जालमा देखिएजस्तो व्यापक स्थानीय विरोध कहिल्यै थिएन । भगवान बहाल गुठीका पदाधिकारी तथा स्थानीय समुदायले विगतमा नै छायाँ कम्प्लेक्ससँग आफ्नो विवाद नरहेको आशयको पत्र सार्वजनिक गरिसकेको उनीहरूको भनाइ छ ।
व्यवसायीहरूका अनुसार सम्पदा संरक्षण आवश्यक भए पनि त्यसको नाममा भावनात्मक अभियान चलाएर कानुनी रूपमा बनेका परियोजनालाई निरन्तर विवादमा राख्नु उचित होइन। सामाजिक सञ्जालमा तथ्यभन्दा भावनाले स्थान पाउँदा व्यवसायीमाथि मनोवैज्ञानिक दबाब सिर्जना भएको उनीहरूको गुनासो छ ।
उनीहरू भन्छन्, ‘सम्पदा संरक्षण र विकासबीच सन्तुलन आवश्यक छ । तर त्यो भीडको दबाब वा सामाजिक सञ्जालको भाष्यबाट होइन, कानुन, प्रमाण र राज्यका आधिकारिक निर्णयका आधारमा हुनुपर्छ ।’
छायाँ कम्प्लेक्स विवाद अहिले एउटा भवनको विषय मात्रै नभई नेपालमा विकास, सम्पदा संरक्षण, कानुनी शासन र लगानी सुरक्षाबीच सन्तुलन कसरी कायम गर्ने भन्ने राष्ट्रिय बहसको विषय बनेको व्यवसायीहरूको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्