काठमाडौँ । नेपालको पुँजीबजारमा मार्जिन लेन्डिङ सेवा कार्यान्वयनको तयारी तीव्र भइरहेका बेला यससँग सम्बन्धित नियामकीय व्यवस्था, सञ्चालन प्रक्रिया तथा व्यावहारिक पक्षबारे केन्द्रित विशेष प्रशिक्षण कार्यक्रम आयोजना हुने भएको छ । नयाँ बानेश्वरस्थित नेपा स्किल्स एकेडेमी प्रा. लि. ले आगामी असार २१ गते (५ जुलाई २०२६) काठमाडौँको द मल्ला होटल, ठमेल मा एक दिने विशेष प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो ।
‘Approval to Execution: Practical Implementation Framework for Margin Lending by Stock Brokers in Nepal’ शीर्षकमा सञ्चालन हुने उक्त कार्यक्रम विशेषगरी स्टक ब्रोकर कम्पनीका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, सञ्चालन विभाग, जोखिम व्यवस्थापन, अनुपालन तथा सूचना प्रविधि विभागमा कार्यरत कर्मचारीहरूका लागि उपयोगी हुने आयोजकले जनाएको छ ।
नेपाल धितोपत्र बोर्ड (SEBON) द्वारा जारी मार्जिन ट्रेडिङ सुविधा निर्देशिका, २०८२ तथा नेपाल स्टक एक्सचेन्ज (NEPSE) बाट प्राप्त स्वीकृतिपश्चात् ब्रोकर कम्पनीहरूले सेवा सञ्चालनका क्रममा सामना गर्नुपर्ने नियामकीय, प्राविधिक तथा सञ्चालनसम्बन्धी पक्षबारे व्यावहारिक जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
तालिममा मार्जिन लेन्डिङको नियामकीय ढाँचा, अनुपालन आवश्यकताहरू, जोखिम व्यवस्थापन प्रणाली, ग्राहक छनोट तथा मूल्याङ्कन प्रक्रिया, धितो व्यवस्थापन, निगरानी संयन्त्र, रिपोर्टिङ तथा सञ्चालनसम्बन्धी उत्कृष्ट अभ्यासहरूबारे विस्तृत छलफल हुने बताइएको छ । यसका साथै, कार्यक्रममा मार्जिन लेन्डिङ कार्यान्वयनका क्रममा विभिन्न संस्थाहरूले सामना गर्न सक्ने चुनौतीहरू तथा तिनका सम्भावित समाधानका उपायहरूबारे समेत अनुभव आदानप्रदान गरिनेछ ।
कार्यक्रमको सहजीकरण चार्टर्ड एकाउन्टेन्ट तथा पूर्व बैंकर सिए अशिम भट्टले गर्नेछन् । बैंकिङ, कर्जा व्यवस्थापन तथा वित्तीय जोखिम व्यवस्थापन क्षेत्रमा उनको लामो अनुभव रहेको छ ।
नेपालको पुँजीबजारमा नयाँ अवसरका रूपमा हेरिएको मार्जिन लेन्डिङ सेवाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक व्यावहारिक ज्ञान र अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर भएकाले सम्बन्धित संस्थाका प्रतिनिधिहरूलाई कार्यक्रममा सहभागिता जनाउन आयोजकले आग्रह गरेको छ ।
आयोजकका अनुसार कार्यक्रममा सीमित संख्यामा मात्र सहभागिता सुनिश्चित गरिने भएकाले इच्छुक संस्थाहरूले समयमै आफ्नो सहभागिता सुनिश्चित गर्न सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्