Skip to content
LAXMI SUNRISE BANK

सरकारले सुरु गर्यो सुकुम्बासीलाई लालपुर्जा दिने काम, सुरुमा बर्दियाका २९ जनालाई लालपुर्जा वितरण

अर्थ सरोकार

काठमाडौँ । सरकारले सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्न सुरु गरेको छ । सरकारले बर्दियाको बढैयाताल गाउँपालिकाबाट भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न सुरु गरेको हो । 

सुरुवातमा सरकारले बढैयाताल गाउँपालिका-४ का २९ जना दलित तथा भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको छ । 

योसँगै अब भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने कामलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाउने भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बताएकी छिन् । 

उनले अब सरकारले वास्तविक भूमिहीन सुकुम्बासीको पहिचान गर्दै लालपुर्जा वितरण गरेर वास्तविक भूमिहीन नागरिकलाई जग्गाको कानूनी स्वामित्व दिलाउने कार्यलाई तिव्रता दिइने पनि बताएकी छिन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK