Skip to content
LAXMI SUNRISE BANK

विद्यालयहरुले जबरजस्ती विद्यार्थीको कपाल काट्न नपाउने !

अर्थ सरोकार

काठमाडौँ । अबदेखि विद्यालयहरुले जबरजस्ती विद्यार्थीको कपाल काट्न वा कटाउन नपाउने भएका छन् । सरकारले स्वीकृत गरेको शिक्षा नियमावली (१०औँ संशोधन) मा यस्तो व्यवस्था गरिएको हो । 

जबरजस्ती विद्यार्थीको कपाल काट्दा वा कटाउँदा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामा नकारात्मक असर पर्ने भन्दै त्यस्तो गतिविधि गर्न नपाइने नियमावलीमा उल्लेख छ । अर्कोतर्फ विद्यार्थीको शारिरिक स्वरुप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने वा लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउन नपाउने पनि नियमावलीमा भनिएको छ ।

यसअघि विद्यार्थीको इच्छा विपरीत विद्यालयहरुले जबरजस्ती विद्यार्थीको कपाल काट्ने वा काट्न लगाउने गरेका थिए । सो सम्बन्धी व्यापक गुनासो आएपछि नियमावलीमा सो व्यवस्था गरिएको हो । 

अर्कोतर्फ कारवाहीका नाममा विद्यार्थीलाई लामो समयसम्म घाममा उभ्याउन पनि नपाइने नियमावलीमा उल्लेख छ । त्यस्तै, शुल्क नतिरेकै कारण विद्यार्थीलाई अपमानित गर्न नपाइने व्यवस्था पनि नियमावलीमा गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK