काठमाडौँ । केएफसीमा ग्राहकहरुको फ्लो घटेको छ । चिकेन पारखीहरुका लागि चर्चित केएफसीमा पछिल्लो केही दिनदेखि ग्राहकहरुको फ्लो घटेको हो ।
काठमाडौँमा बर्डफ्लुको संक्रमण बढेपछि केएफसीमा ग्राहकहरुको फ्लो घटेको हो । हाल पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाईलगायत पन्छी बिक्रीवितरणमा रोक लगाएको छ ।
त्यसका बाबजुत पनि संक्रमण भएका कुखुरा, हाँस, बट्टाईलगायत पन्छी बिक्री वितरण गरे सम्बन्धित व्यवसायीलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
ब्रोइलर लगायतका कुखुरामा संक्रमण पुष्टि भएपछि अहिले कुखुराको मासु खानेहरु पनि घटेका छन् । यही कारण ब्रान्डिङ र बिक्रीवितरणमा आक्रामक बनेको केएफसीमा ग्राहकको फ्लो एकाएक कम भएको छ ।
बर्डफ्लुको संक्रमण फेला परेपछि ग्राहकको फ्लो कम भएको स्वयम् केएफसीका कर्मचारीहरुले स्वीकारेका छन् । ‘अहिले ग्राहकको फ्लो पहिलेको भन्दा घटेको छ ।’, केएफसीका एक कर्मचारीले भने, ‘खासगरी कुखुराहरुमा बर्डफ्लु संक्रमण देखिएपछि ग्राहकको फ्लो घटेको हो । ग्राहकको फ्लो घटेसँगै अहिले व्यापार पनि घटेको छ ।’
हाल काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी लगायतका क्षेत्रमा बर्डफ्लुको संक्रमण फेला परेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्