Skip to content
LAXMI SUNRISE BANK

अवैध रुपमा २३ किलो सुन ल्याउने दुई जनाविरुद्ध मुद्दा दर्ता, १८ करोड बिगो दाबी माग

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । राजस्व छली गर्ने भारतीय नागरिक निवेदिका सिन्हा र निजका बाबु अशोक कुमार सिन्हाविरुद्ध मुद्दा दर्ता भएको छ । राजस्व अनुसन्धान विभागले बुधबार जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जमा झण्डै २३ किलो सुन भन्सारबाट चोरी पैठारी गरी राजस्व छली गर्ने उनिहरुविरुद्ध मुद्दा दर्ता गरेको हो । 
रक्सौल पूर्वी चम्पारण भार स्थायी घर भई विगत केही वर्षदेखि वीरगन्जस्थित श्री गणेश अपार्टमेन्ट तेस्रो तल्ला फ्लाट नं. ३०३ खरिद गरी उनीहरु बसोबार गर्दै आएका थिए। विभिन्न सूचनाको आधारमा उनीहरुले २२ किलो ९ सय ५७ ग्राम सुन र १ किलो ७८ ग्राम चाँदी भण्डारण गरेको भेटिएको हो । जुन वस्तु अवैध रुपमा चोरी पौठारी गरी भित्र्याएको विभागले जनाएको छ।
उनीहरुलाई १८ करोड ६५ लाख २ हजार ७ सय ६ रुपैयाँ बिगो दाबी गरी कैद सजायकोसमेत मागसहित विभागले मुद्दा दर्ता गराएको हो।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK