काठमाडौँ । याङ्गो नेपाल क्याबले ‘टप राइडर्स’लाई उपहार दिएको छ । शनिबार एक कार्यक्रमका बीच याङ्गो नेपाल क्याबले २५ जना ‘टप राइडर्स’लाई उपहार दिएको हो ।
याङ्गो नेपाल क्याबले सबैभन्दा धेरै ‘राइड’ गर्ने राइडर्सहरुमध्येबाट पहिलो, दोस्रो र तेस्रो पंक्तिमा वर्गीकरण गरेर उपहार प्रदान गरेको हो । ‘बाईक राइडर्स’तर्फ पहिलो पंक्तिमा १० जनालाई ‘ग्लब्स’ वितरण गरिएको थियो । दोस्रो पंक्तिमा ५ जनालाई ‘रेनकोट’ प्रदान गरिएको थियो भने तेस्रो पंक्तिमा सबैभन्दा धेरै राइड गर्ने एक जनालाई हेलमेट प्रदान गरिएको थियो ।
त्यस्तै, ट्याक्सीतर्फ पहिलो पंक्तिमा (३२ दिनमा ४०० राइड गर्ने) ५ जनालाई ५ सय रुपैयाँ, दोस्रो पंक्तिमा (३२ दिनमा ५०० राइड गर्ने) १ जनालाई १ हजार रुपैयाँ र पहिलो पंक्तिमा (३२ दिनमा ६०० राइड गर्ने) १ जनालाई ३१ सय रुपैयाँ प्रदान गरिएको थियो ।
त्यस्तै, सुरुवातदेखि नै पार्टनर परिवर्तन नगरी निरन्तर राइड गर्ने एक जना (बाइक राइडरतर्फ)लाई हेलमेट र ट्याक्सीतर्फ एक जनालाई २१ सय रुपैयाँ प्रदान गरिएको थियो ।
कार्यक्रममा ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक सुरेन्द्र नेपाली प्रमुख अतिथि थिए । उनले पुरस्कृत हुने सबै राइडर्सलाई बधाई दिँदै सुरक्षित यात्रा गर्न तथा ट्राफिक नियमको पालना गर्न पनि सुझाव दिएका छन् । कार्यक्रममा बोल्दै याङ्गो नेपाल क्याबका सिइओ शेषराज पौडेलले आगामी दिनमा पुरस्कारको दायरा अझै विस्तार गर्दै लैजानुका साथै याङ्गो नेपाल क्याबमा आबद्ध राइडर्सको हितका लागि थप स्किम र योजना ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्