काठमाडौँ । नेपाल पूँजीबजार लगानीकर्ता संघले धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपाल भट्टलाई बधाई दिएका छन् । बोर्डको कार्यालयमै पुगेर संघका अध्यक्ष एसपी चौलागाईंसहितको टोलीले बोर्ड अध्यक्षलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो ।
शुभकामना दिँदै संघले भट्टको नेतृत्वमा पूँजी बजार सुधार, नीतिगत स्थायित्व र लगानीकर्ताले विश्वास बढाउने काम प्रभावकारी रुपमा अघि बढ्ने अपेक्षा समेत व्यक्त गरेको छ ।
त्यस्तै, संघले नियामकका रुपमा धितोपत्र बोर्डको भूमिका अझै प्रभावकारी, सक्रिय र दूरदर्शी हुनुपर्नेमा जोड दिएको छ । बजारलाई अझै पारदर्शी, प्रतिस्पर्धी, विश्वसनीय, प्रविधिमैत्री र अन्तराष्ट्रिय मापदण्डअनुसार विकास गर्न सक्षम नेतृत्वको आवश्यकता रहेको पनि संघले उल्लेख गरेको छ ।
योसँगै संघले बोर्डका नवनियुक्त अध्यक्षलाई सेयर बजारलाई सेयर कारोबार गर्ने माध्यम मात्र नभएर राष्ट्रिय बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्ने, उद्योग-व्यवसायका लागि दीर्घकालीन वित्तीय स्रोत सुनिश्चित गर्ने र आर्थिक विकासलाई गति दिने महत्वपूर्ण वित्तीय पूर्वाधारका रुपमा विस्तार गर्नेगरी काम गर्न पनि सुझाव दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्