काठमाडौँ । सिरहामा शिक्षककै शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) नक्कली भएको पाइएको छ । सिरहाको धनगढीमाई नगरपालिकास्थित जनता माध्यामिक विद्यालयका एक शिक्षकको शैक्षिक प्रमाणपत्र नै नक्कली भएको पाइएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त विद्यालयमा पढाउने गुन्जेश्वर मण्डलले बुझाएको पीसीएल र ब्याचलरको सर्टिफिकेट नै नक्कली भएको फेला पारेको छ ।
उनले नक्कली सर्टिफिकेट बुझाएर शिक्षक पदमा नियुक्ति लिएको भेटिएपछि आयोगले मण्डलमाथि नक्कली सर्टिफिकेटका आधारमा नियुक्ति लिएर भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार उनले भारतको बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल पटनाबाट आईएस्सी र चौधरी चरणसिंह विश्वविद्यालय मेरठबाट विज्ञानमा स्नातक तह उत्तीर्ण गरेको भन्दै नक्कली सर्टिफिकेट बुझाएका थिए । सोही नक्कली सर्टिफिकेटका आधारमा उनले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदमा नियुक्ति लिएको आयोगले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्