काठमाडौँ । एमाले सांसद गंगादेवी श्रेष्ठले विद्युत प्राधिकरणबाट हितेन्द्रदेव शाक्यलाई हटाउँदा पनि किन बत्ती गइरहेको छ ? भन्दै सरकारलाई प्रश्न गरेकी छिन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् ।
‘हितेन्द्रदेव शाक्य केपी ओलीको सालो भएको भएर बत्ती झ्याप झ्याप जाने गरेको थियो ।’, उनले भनिन्, ‘तर उहाँलाई हटाइँदा पनि किन लोडसेडिङ भइरहेको छ ?’
उनले वर्तमान सरकारले केपी ओलीले जस्तो भारतसँग आँखामा आँखा जुधाएर आफ्नो भूमि दाबी गर्न नसकेको समेत आरोप लगाइन् । ‘यो सरकारले भारतसँग केपी ओलीलेजस्तो आँखामा आँखा जुधाउन सकेन ।’, उनले भनिन्, ‘सरकारले नेपालको भूमि आफ्नो दाबी गरेन, बरु उल्टै हामीले मिचेका छौँ, दिन्छौँ भनिदियो ।’
त्यस्तै, उनले भ्रष्टाचारको विरोध गरेर उदाएको सरकारले सहकारी ठगीका आरोपितको मुद्दा फिर्ता गरेर चोख्याउनु भ्रष्टाचार हो कि सुशासन हो ? भन्दै प्रश्न गरेकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्