Skip to content
LAXMI SUNRISE BANK

बिहीबार १९.६७ अंकले घट्यो नेप्से परिसूचक, बजार २६०१.९२ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चोथो दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक १९.६७ अंकले घटेर २६०१.९२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३६१ कम्पनीको ८७ लाख ५१ हजार ३८० कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ६१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर २०८६/८७को भएको छ । यस कम्पनीको ३५ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १२ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, बिओके डिबेन्चर २०८६ केएका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK