काठमाडौँ । एमाले सांसद क्षितिज थेबेले सरकारी नीति स्पष्ट नहुँदा सेयर लगानीकर्ताले ५ खर्ब रुपैयाँ गुमाएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थेबेले यस्तो बताएका हुन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार बनेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२९ अंकले घट्दासमेत लाखौँ लगानीकर्ता रहेको सेयर बजारबारे सरकार मौन रहेको भन्दै संसद्मा प्रश्न उठाएका छन् ।
‘…चैत १२ गते बजार पूँजीकरण ५० खर्ब ९ अर्ब ३८ करोड रुपैयाँ रहेकोमा हाल ५ खर्ब ४ अर्ब ९५ करोडले घटेर ४५ खर्ब ४ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ ।’, उनले भने, ‘यो सरकार बनेदेखि सेयर लगानीकर्ताले ५ खर्ब ४ अर्ब रुपैयाँ गुमाएका छन् ।’
त्यस्तै, उनले सेयर बजारप्रति स्पष्ट नीति नहुँदा लगानीकर्ताले खर्बौं गुमाएको र रास्वपामा समेत असर परेको जिकिर गर्दै लगानीकर्तामा रहेको अन्यौलता चिर्न स्पष्ट नीति आवश्यक रहेको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्