काठमाडौँ । विपन्न समुदायलाई लक्षित गर्दै लागू भएको जनता आवास कार्यक्रमअन्तर्गत हालसम्म ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण गरिएको छ । राष्ट्रिय सभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले यस्तो जानकारी दिएकी हुन् ।
उनका अनुसार हाल ८ हजार ३ सय ५९ आवासहरु निर्माणाधीन अवस्थामा रहेको छ । उनले जनता आवास कार्यक्रमअन्तर्गत हालसम्म ५५ हजार ९ सय ७० आवास स्वीकृत भएको समेत बताइन् ।
प्रदेशगत रूपमा कोशीमा ५ हजार ४ सय १६ आवास हस्तान्तरण भई ६ सय ५७ निर्माणाधीन रहेको मन्त्री वादीले बताइन् । उनले मधेशमा १५ हजार ५ सय ३४ आवास हस्तान्तरण हुँदा ५ हजार २ सय ४८ निर्माणाधीन रहेको बताएकी छिन् ।
त्यस्तै, बागमतीमा २ हजार ७६ आवास हस्तान्तरण र १ सय ४७ निर्माणाधीन, गण्डकीमा २ हजार २१ आवास हस्तान्तरण भई १ सय ५९ निर्माणाधीन, लुम्बिनीमा ६ हजार ५ सय २२ आवास हस्तान्तरण हुँदा ५ हजार ३७ आवास निर्माणाधीन रहेको मन्त्री वादीले जानकारी दिएकी छिन् । उनले कर्णाली प्रदेशमा ४ हजार ३ सय ४४ आवास हस्तान्तरण भई १ हजार १ सय ३४ आवास निर्माणाधीन अवस्थामा रहेको जानकारी दिएकी छिन् ।
त्यस्तै, सुदूरपश्चिममा ३ हजार १८ आवास हस्तान्तरण हुँदा ४ सय ६८ निर्माणाधीन रहेको मन्त्री वादीको भनाई छ । उनले देशभर कुल ३८ हजार ९ सय ३८ आवास निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको तथा ८ हजार ३ सय ५९ आवास निर्माणको चरणमा रहेको जानकारी दिएकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्