Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकका हाकिमका ड्राइभर लागूऔषध प्रकरणमा पक्राउ !

अर्थ सरोकार

काठमाडौँ । नेपाल बैंकका हाकिमका ड्राइभर पक्राउ परेका छन् । बैंकको सुदूरपश्चिम प्रदेश प्रमुख अम्बिकाप्रसाद अधिकारीको गाडी चलाउँदै आएका वेदकोट नगरपालिका-७ का विमल पाण्डे पक्राउ परेका हुन् । 

उनलाई गुलरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पाण्डेलाई बैंकको सुदूरपश्चिम प्रदेश प्रमुख अधिकारीको गाडीसहित पक्राउ गरिएको हो ।

पाण्डेसँगै कृष्णपुर नगरपालिका-२ का लालबहादुर सुनार, हेमराज जोशी र धनगढी उपमहानगरपालिका-५, तारानगरका अशोक पाण्डेलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरुको साथबाट प्रहरीले ३० ग्राम लागूऔषध बरामद गरेको छ । उनीहरुलाई लागूऔषध भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरको टोलीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर रावतले बताएका छन् । 

लागूऔषधसहित पक्राउ परेपछि सवारी चालक पाण्डेलाई सेवाबाट बर्खास्त गरिएको छ । यद्यपि बैंकले सो विषयमा आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK