काठमाडौँ । भारतीय विमानस्थल हुँदै नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १ सय ५९ म्यानपावर कम्पनी कारवाहीमा परेका छन् । वैदेशिक रोजगार विभागले ‘वैदेशिक रोजगार ऐन, २०६४’ को दफा २२ विपरीत कार्य गरेको ठहर गर्दै कारवाही गरेको हो ।
उनीहरुलाई पहिलो पटकका लागि सचेत गराउने कारवाही गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
यसो त विभागले १ हजार १ सय १७ म्यावपावर कम्पनीलाई स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने कानूनी व्यवस्था पालना नभए÷नभएको विषयमा अध्ययन गर्न २०८२ चैतदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकको उडान विवरण मागेको थियो ।
विभागका अनुसार ६ सय ७८ म्यानपावर कम्पनीले मात्र विवरण बुझाएका थिए । ती मध्ये १ सय ५९ कम्पनीले बिना स्वीकृति भारतका विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको पाइएको छ ।
सञ्चालनमा रहेका एक हजार ११७ इजाजतप्राप्त संस्थामध्ये ६७८ संस्थाले मात्रै माग गरिएको विवरण बुझाएका थिए । विवरण बुझाएका संस्थामध्ये १५९ संस्थाले विभागको स्वीकृतिबिनै भारतका विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पाइएको छ । विवरण नबुझाउने कम्पनीलाई पहिलो पटक सेचत गराउँदै विभागले विवरण बुझाउन निर्देशन दिएको छ ।
त्यस्तबै, विभागले पटक–पटक नियम उल्लंघन गर्ने ८ वटा म्यापावर कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्