Skip to content
LAXMI SUNRISE BANK

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

अर्थ सरोकार

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन् । मन्त्रिपरिषद्को पछिल्लो बैठकमा घिमिरेलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 

प्राधिकरणको अध्यक्ष नियुक्त भएका घिमिरेको आजै (सोमबार) सूचना तथा सञ्चार मन्त्रालयमा शपथ ग्रहण हुनेछ ।

यसअघि उनी प्राधिकरणमै आर्थिक विश्लेषण तथा उपभोक्ता हित संरक्षण महाशाखामा प्रमुखको भूमिका थिए । अध्यादेशमार्फत प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी पदमुक्त भएपछि सरकारले घिमिरेलाई अध्यक्ष नियुक्त गरेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK