काठमाडौँ । अमेरिकी केन्द्रिय कमाण्डले मंगलवारदेखि इरानी बन्दरगाहहरूमा हुने आवतजावतमा पुनः नाकाबन्दी सुरु गर्ने घोषणा गरेको छ । एक विज्ञप्ति जारी गर्दै सेन्टर कमाण्डले यसअघि अप्रिल १३ देखि जुन १८ सम्म कार्यान्वयन गरिएको नाकाबन्दीलाई निरन्तरता दिन लागिएको जानकारी दिएको हो ।
सामाजिक सञ्जाल ‘एक्स’ मा सेन्टकॉमले दिएको जानकारी अनुसार अघिल्लो दुई महिनाको नाकाबन्दीका क्रममा अमेरिकी बलले १४० भन्दा बढी जहाजहरूको मार्ग परिवर्तन गराएको थियो भने निर्देशन उल्लंघन गर्ने ९ वटा जहाजहरूलाई निष्क्रिय पारेको थियो ।
सोही अवधिमा मानवीय सहायता सामग्री बोकेका ५० भन्दा बढी व्यावसायिक जहाजहरूलाई भने आवतजावत गर्न अनुमति दिइएको सेन्टकॉमले जनाएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलसन्धिमा नौसैनिक नाकाबन्दी पुनः सुरु गर्न लागेको बताएका छन् । राष्ट्रपति ट्रम्पले उक्त जलमार्ग प्रयोग गर्ने सबै मालवाहक जहाजहरूमा २० प्रतिशत महसुल समेत लगाइने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही पुनः सुरु गरिएको विषयमा गत शुक्रवार नै अमेरिकी काँग्रेसलाई औपचारिक रूपमा जानकारी गराएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्