काठमाडौँ । तालाबन्दी गर्ने भन्दै सेयर लगानीकर्ताको एउटा समूह धितोपत्र बोर्ड पुगेको छ । मंगलबार सेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा उक्त समूह बोर्डको कार्यालय पुगेको हो ।
तर, सेयर लगानीकर्ता भन्दा सुरक्षाकर्मी धेरै हुँदा तालाबन्दी गर्ने काम अघि नबढेको आन्दोलनमा सहभागी एक लगानीकर्ताले अर्थ सरोकारलाई बताए ।
यता लगानीकर्ता तिलक कोइरालाले पनि आफूहरु बोर्डमा तालाबन्दी गर्न आएको भए पनि अहिलेसम्म तालाबन्दी नगरेको र अब के गर्ने ? भन्ने विषयमा सोचिरहेको बताएका छन् ।
अहिले धितोपत्र बोर्डमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । बोर्ड घेराउ गर्न र तालाबन्दी गर्ने भन्दै पुगेका सेयर लगानीकर्तालाई गेटभित्र प्रवेश गर्न दिइएको छैन । अन्य सेयर लगानीकर्ताहरु पनि आउने क्रम जारी रहेको र त्यसपछि के गर्ने भन्ने ? विषयको टुंगो लाग्ने कोइरालाले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्