काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग र सहजिकरणमा दार्चुलाका ९ जनाको आँखाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतबैशाख २९ र ३० गते जिल्ला अस्पताल दार्चुला र दार्चुलाकै दुुहुँ गाउँपालिकामा सञ्चालन गरिएको निःशल्क आँखा शिविरमा गरिएको परीक्षणमा मोतियाविन्दुको शल्यक्रिया गराउनुपर्ने देखिएका ११ जनामध्ये ९ जनाको गेटा आँखा अस्पताल डडेलधुरामा हालै शल्यक्रिया गरिएको हो ।
शल्यक्रियाका लागि ११ जनालाई नै अस्पताल लगिए पनि दुई जनाको भने स्वास्थ्य अवस्थाका कारण शल्यक्रिया गर्न सम्भव भएन । यसअघिका दुई वटै शिविरमा गरी सात सय जना भन्दा बढीको निःशुल्क आँखा परीक्षण गर्नुका साथै ४८७ जनालाई चश्मा र ६०० जनालाई औषधी वितरण गरिएको थियो ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा सांग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्