Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकबाट लिएको ऋण दुरुपयोग गर्ने शशी शर्मा पक्राउ

अर्थ सरोकार

काठमाडौँ । बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको प्रकरणमा शशी शर्मा पक्राउ परेका छन् । बुटवलका व्यवसायीसमेत रहेका शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । 

उनले प्रभु बैंकबाट लिएको ऋण दुरुपयोग गरेको भेटिएपछि ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४’ अन्तर्गत कर्जा दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ । 

स्रोतका अनुसार शर्माले प्रभु बैंकबाट रिसोर्ट निर्माणका लागि भन्दै ४८ करोड रुपैयाँ कर्जा लिएका थिए । तर, सो रकम पारिवारिक सम्बन्ध भएका व्यक्ति र आफ्नै समूहका अन्य ऋणी कम्पनीको बक्यौता तिर्न प्रयोग गरेको उनीमाथि आरोप छ ।

नेपाल राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणका क्रममा पनि शर्माले कर्जा दुरुपयोगसम्बन्धी कसुर गरेको ठहर गरेको थियो । शर्मा एसियन भिलेज रिसोर्ट प्रालिका अध्यक्षसमेत हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK