Skip to content
LAXMI SUNRISE BANK

आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली, नेप्से ७९.७४ अंकले बढ्यो

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । शुक्रबार नेप्से परिसूचक ७९.७४ अंकले बढेर २६७७.५४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३५ कम्पनीको १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ५७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको २२ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा श्रीनगर अग्रिटेक इनडसट्रीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK