Skip to content
LAXMI SUNRISE BANK

नक्कली र चोरीका जुत्ताचप्पल नबेच्न वाणिज्य विभागको निर्देशन, बेचे कडा कारबाही गरिने !

अर्थ सरोकार

काठमाडौँ । नक्कली र चोरीका जुत्ताचप्पल बेच्नेलाई कारवाही गरिने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै गैरकानूनी रुपमा नक्कली, गुणस्तरहीन र चोरी गरिएको जुत्ताचप्पल बेच्नेलाई कारवाही गर्ने चेतावनी दिएको हो । 

सोही सूचनामार्फत विभागले यस्तो कार्यलाई अवैध भन्दै यस्तो अवैध कार्य नगर्न र नगराउन पनि सचेत गराएको छ । 

नक्कली, गुणस्तरहीन र चोरीका जुत्ताचप्पल बिक्री भइरहेको भन्ने गुनासो बढेपछि विभागले यस्तो कार्यप्रति ‘एक्सन’ लिएको हो । विभागले नक्कली र चोरीका सामानले स्वस्थ प्रतिस्पर्धामा बाधा पुर्याउनुका साथै उपभोक्ता ठगिएको ठहर गरेको छ ।

त्यस्तै, विभागले ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ को दफा ६ अनुसार उत्पादकले आफूले उत्पादन गरेका वस्तुमा अनिवार्य तोकिए अनुसार लेबल लगाउनुपर्ने व्यवस्था गरेको छ ।

यसका बावजुत पनि कसैले नक्कली सामान बेच्ने, चोरी पैठारीलाई प्रसय दिने वा उपभोक्ता हित विपरीतका कार्य गरेको पाइए कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK