×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपि पावर कम्पनीको सामाजिक कार्य : दार्चुला जिल्लालाई ३५ थान अक्सिजन सिलिण्डर सहयोग

PRIME CA

अपि पावर कम्पनीको सामाजिक कार्य : दार्चुला जिल्लालाई ३५ थान अक्सिजन सिलिण्डर सहयोग

अर्थ सरोकार

६ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
दार्चुला । अपि पावर कम्पनी लिमिटेडले कोरोना विरुद्व लड्न दार्चुला जिल्ला मार्मा गाऊँ पालिका लाई १० थान, गोकुलेश्वर प्रहरी कार्यलयमा १० थान र जिल्ला प्रहरी कार्यलय दार्चुलालाई १५ थान गरि कूल ३५ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । साथै कम्पनीले मार्मा गाऊँपालिका वडा नं २ लाई स्वस्थ रहन स्यानिटाइजर, मास्क लगायतका स्वास्थ्य सामाग्रीहरु समेत उपलब्ध गराएको छ । कम्पनीका तर्फबाट कम्पनीका आयोजना प्रमुख धर्मराज उपाध्यायले उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
साथै कम्पनीका ४ मे.वा चन्द्रनिगापूर सोलार आयोजना प्रमुख दुर्गामणि त्रितालले चन्द्रपूर नगरपालिका स्थित सुरक्षा निकायहरुलाई स्यानिटाइजर, मास्क लगायतका स्वास्थ्य सामाग्रीहरु समेत उपलब्ध गराएको छ । कम्पनीले दार्चुला जिल्लामा ८.५ मे.वा को नौगड गाढ र ८ मे.वा क्षमताको माथिल्लो नौगड गाढ साना जलविद्युत आयोजना संचालन गरिरहेको छ भने सोहि जिल्लामा ४० मे.वा को माथिल्लो चमेलिया आयोजना निर्माण गरिहेको छ । कम्पनीको ४ मे.वा को चन्द्रनिगापूर सोलार आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: