काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सेयर लगानीकर्ताका जायज मागहरु सम्बोधन गर्ने आश्वासन दिएका छन् । सोमबार पूँजी बजारका नियामक निकाय, ब्रोकर र लगानीकर्ताका प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री शाहले लगानीकर्ताका जायज माग सम्बोधन गर्दै पूँजी बजार सुधार्न सरकार तयार रहेको बताएका हुन् ।
प्रधानमन्त्रीले पूँजी बजार सुधारका पक्षमा काम गर्ने थप प्रतिबद्धता व्यक्त गरेको छलफलमा सहभागी स्टक ब्रोकर एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत पूँजी बजार फोरमका सभापति प्रियराज रेग्मीले जानकारी दिएका छन् ।
उनले प्रधानमन्त्री शाहसँग बजारलाई सन्तुलित बनाउन संस्थागत लगानीकर्ताको भूमिका विस्तार, कर प्रणालीमा सुधार, ब्रोकरमार्फत मार्जिन लेन्डिङ सञ्चालनका लागि आवश्यक नियामकीय व्यवस्था, गैरआवासीय नेपाली (एनआरएन)लाई छिटो पुँजीबजारमा प्रवेश गराउने व्यवस्था तथा स्टक एक्सचेन्जको पुनर्संरचना गरी प्रविधिमैत्री बनाउने विषयमा छलफल भएको बताएका छन् ।
त्यस्तै, आईपीओ प्रणालीमा सुधार गर्दै १० कित्ते नीति हटाएर योग्य संस्थागत लगानीकर्तामार्फत बुक बिल्डिङ प्रक्रियालाई प्राथमिकता दिनुपर्ने, इन्ट्राडे कारोबार सुरु गरी बजारको तरलता र कारोबार परिमाण बढाउनुपर्ने लगायतको माग आफूहरुले राखेको रेग्मीले बताए । लगानीकर्ताको घाटा समायोजनको व्यवस्था गरेर मात्रै सेयर बजारमा कर लगाउने प्रणाली लागू गर्न पनि आग्रह गरेको उनले बताएका छन् ।
अर्कोतर्फ प्रधानमन्त्री शाहले यी सबै विषयलाई गम्भीरतापूर्वक लिएको पनि रेग्मीले बताएका छन् । उनले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज, सीडीएसलगायत नियामक तथा बजार सञ्चालक निकायसँग छलफल गरेर आवश्यक सुधार गर्ने प्रतिवद्धता प्रधानमन्त्री शाहले जनाएको पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्