Skip to content
LAXMI SUNRISE BANK

सहकारीको ऋण नतिर्ने ऋणीसँगै जमानीकर्ताको पनि बैंक खाता रोक्का हुने !

अर्थ सरोकार

काठमाडौँ । सहकारीको ऋण नतिरे अब जमानीकर्ताको पनि बैंक खाता रोक्का हुने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले एक सूचना जारी गर्दै ऋण नतिर्ने ऋणीका साथै जमानीकर्ता तथा तोकिएका नातेदारहरूको समेत बैंक खाता रोक्का गर्ने जनाएको हो ।

ऋणीले नियमानुसार ऋण नतिरेमा वा सम्पर्कमा नआएमा ऋण चुक्ता गर्ने सम्पूर्ण दायित्व जमानीकर्ताको हुने र ऋण असुल नभएसम्म दुवैको बैंक खाता रोक्का गरिने समितिले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै, समितिले समस्याग्रस्त सहकारीबाट लिएको ऋणमा बाँकी रहेको ब्याज वा हर्जाना मिनाहा गर्ने अधिकार आफूलाई नरहेको जनाएको छ । सोसम्बन्धी परेका निवेदनमाथि कुनै कारबाही नगरिने समेत समितिले स्पष्ट पारेको छ । ऋणको ब्याज र हर्जाना गणना गर्दा २०७६ साउन १ गतेदेखि १६ प्रतिशतका दरले र सोभन्दा अघिको हकमा तमसुकमा उल्लेख भएबमोजिम हुनेछ । तिर्न बाँकी ब्याजको ५ प्रतिशत हर्जाना लाग्ने जनाईएको छ ।

ऋण र बचत मिलान गर्दा ५ लाखसम्मको बचत भए पूरै रकम र सोभन्दा बढीको हकमा ५० प्रतिशत (अधिकतम ५० लाख नबढ्ने गरी) ऋणसँग मिलान गर्न सकिनेछ । तर, यसरी मिलान गर्दा ऋणीले आफ्नो कुल तिर्नुपर्ने रकमको २० प्रतिशत अनिवार्य रूपमा बैंकमा दाखिला गर्नुपर्नेछ, बाँकी ८० प्रतिशत मात्र मिलान हुनेछ ।

एक करोड रुपैयाँ वा सोभन्दा बढी बचत भएका बचतकर्ताले अनिवार्य रूपमा स्वघोषणा फाराम भरी समितिमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। प्राप्त फारामको अध्ययन र छानबिनपछि मात्र थप प्रक्रिया अघि बढाइने समितिले जनाएको छ ।

यस्तो छ समितिले जारी गरेको १२ बुँदे सुचना:

सूचना_kh3jqmm

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK